ताजा समाचार

१३औं सागः नेपालले दियो भुटानलाई २३७ रनको लक्ष्य

काठमाण्डौं । नेपालले टी२० अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाउन सफल भएको छ ।

कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपाल उच्च स्कोर बनाउन सफल भएको हो नेपालमा आयोजित १३ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत भुटानसँगको खेलमा नेपाली टोलीले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको थियो । यसअघि नेपालीको टी२० अन्तर्राष्टिङय क्रिकेटमा उच्च स्कोर मलेशियाविरुद्ध गएको जुलार्यमा बनाएको १७३ रन रहेको छ ।

बिहिबार कप्तान मल्लले बलमा ५५ बलमा १०७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर हो । यसअघि पारस खड्काले सिङ्गापुर विरुद्ध बनाएको नटआउट नेपाली खेलाडीको एक मात्र शतक र उच्च स्कोर रहेको थियो । खड्काले राजीनामा दिएपछि कप्तान बनाइएका मल्लले राम्रो ब्याटिङ गर्न सकेका तर थिएनन् । तर कीर्तिपुर मैदानमा कमजोर भुटानसँग मल्लले सानदार ब्याटिङ गरेका छन् ।

मल्लसँगै आएका प्रारम्भिक ब्याट्स्म्यान खड्काले २८ बलमा नौ चौका र एक छक्काको सहयोगमा ५७ बनाए यो खेड्काको टी २० अन्तर्राष्ट्रिय क्रिकेट चौथौ अर्धशतक हो । खड्का आउट भएपछि मल्लले आक्रमण ब्याटिङ गरे र २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर अर्धशतक पूरा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org