ताजा समाचार

विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज नेपाल र आयोजक राष्ट्रबिच नेपाली समय अनुसार साँझ पौने ८ बजे क्यानडाको किङ स्टेडियमा हुदैँछ ।

क्यानडामा हुन लागिरहेको यो त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई–दुई खेल खेल्ने तालिका रहको छ। नेपाललले ७ महिनापछि आईसीसी विश्वकप लिग–२ का खेल खेल्न लागेको हो ।

पहिलो सिरिज गत फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सुरुवात भएको थियो। उक्त प्रतियो गितामा घरेलु टोली नेपालले सोचे जस्तो प्रर्दशन गर्न सकेको थिएन । नेदरल्यान्ड्ससँग दुई र नामिबिया सँगन दुई खेल खेलेको नेपालले उक्त प्रतियोगितामा एउटा मात्रै खेल जित्न सफल भएको थियो ।

दोस्रो सिरिजमा नतिजा आफ्रनो पक्षमा पार्ने लक्ष्य लिएको नेपाली टिमले क्यानडासँग दोस्रो खेल असोज ६ गते खेल्नेछ भने ओमानसँग असोज २ र ८ गते खेल्ने छ ।ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी–२० सिरिज खेल्ने तालिका रहको छ ।

उक्त सिरिज खेलेर नेपाल लिग–२ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ । क्यानडा र अमेरिकामा हुने खेलका लागि क्यानले १६ सदस्सयीय टोली घोषणा गरेको छ भने जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org