ताजा समाचार

महराको मुद्धा आज पुनरावेदनमा सुनुवाई हुँदै

काठमाडाैं । बलात्कार प्रयास आरोपमा कारागार चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराको आज पुनरावेदनमा सुनुवाई हुन लागेको हो ।

उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेको हो।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा काठमाडाैं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यसअघि महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । सोही निवेदनमा सुनुवाइ गर्दै मुख्यन्यायाधीश नहकुल सुवेदीको इजलासले कैफियत प्रतिवेदन दिन आदेश गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org