ताजा समाचार

चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु

सर्लाही । चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पूरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् ।

घाइते साहको उपचारका क्रममा गए राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै चिसोबाट बच्न घर अगाडि बालिएको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका–१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन् । गए राति ९ बजे आगो लाग्दा राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती गम्भीर घाइते भएकी हुन् ।

आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org