ताजा समाचार

फोहोर बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । फोहोर बोकेको टिपर तारकेश्वर नगरपालिकास्थित जितपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको टिपर दुर्घटना भएको हो।

दुर्घटनामा टिपरका चालक माइला तामाङ र सहचालक कमल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

तीव्र गतिमा रहेकाले टिपर दुर्घटना भएको महानगरीय प्रहरी वृत बालाजुले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org