ताजा समाचार

प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा नै कायम गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक सकिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बावालुटारमा सचिवालय बैठक बसेको हो । बैठकले सभामुखका उम्मेदवार र एमसीसीबारे केही निर्णय नगरेको स्रोतले जानकारी दिएको छ ।

नेकपा सचिवालयले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा बनाउन निर्देशन दिएको छ । ३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई सचिवालय बैठककोले  प्रदेशको नाम वाग्मती  प्रदेश र राजधानी हेटौंडा राख्न गरी निर्णय गर्न निर्देशन दिएको हो ।

नेकपाको गतसाता चलेको स्थायी समिति बैठकपछि पहिलो पटक सचिवालयको बैठक बसेकोले समसामयिक विषयमा र सभामुख चयनका विषयमा छलफल गर्ने नेताहरुले बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org