ताजा समाचार

विप्लव नेकपाका युवा नेता सुनारद्वारा आत्मसमर्पण

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् ।

गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका हुन् ।

सो अवसरमा उनले जारी गरेका प्रेस विज्ञप्तिमा ‘नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु’, भन्ने उल्लेख छ । जिल्ला अदालतले सुनारलाई आइतबार रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org