ताजा समाचार

सोह्रखुट्टेमा ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दियो

काठमाडौं । सोह्रखुट्टेको ओरालोमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ ।

ब्रेक फेल भएपछि अनियन्त्रित भएर ओरालो झरेको ट्यांकरले बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको हो ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोष राठौरका अनुसार घटना बिहान करिब ९ बजेको हो । ‘धन्न कुनै मानवीय क्षति हुन पाएन’, उनले  भने ।

उनका अनुसार बा ३ ख ९४५० नम्बरको ट्यांकर घरमा गएर ठोक्किएपछि राकिएको थियो । घटनालगत्तै चालक फरार भएका थिए । तर, ट्यांकर धनी प्रहरीकहाँ पुगेका छन् ।

थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org