ताजा समाचार

सभामुखमा ओली लचक हुने संकेत

काठमाडाैं । सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएर पार्टीभित्र विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी समूहलाई नै सभामुख पद दिने संकेत गरेका छन् ।

स्रोतका अनुसार पूर्वएमाले समूहका मूख्य नेताहरुसमेत अध्यक्ष प्रचण्डसँग आफूविरुद्ध गठबन्धन बनाउन थालेपछि प्रधानमन्त्री दबाबमा परेका हुन् । सरकारलाई सहज हुनेगरि संसद सञ्चालन गर्ने प्रतिबद्धताका आधारमा सभामुख पूर्वमाओवादीलाई पनि दिन सकिन्छ भन्ने सोचाईमा पुग्नु भएको छ एक नेताले भने ।

बोलचालै नभएको पाँच दिनपछि बिहिबार ओली प्रचण्डले करिब साढे दुई घण्टा छलफल गरेका थिए । बिहिबारको घटनाक्रम जसरी बढेका छन्, त्यसलाई हेर्दा पूर्वमाओवादी समूहमै सभामुख पद नरहने देखिएको छ, पूर्वएमाले समूहकै एक नेताले भने, ‘बरु अहिले चर्चामा रहेका पात्रहरुभन्दा फरक व्यक्तिको नाम सभामुखमा आउन सक्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org