ताजा समाचार

हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका छन् ।

साम्पाङसहित परियारले पनि शनिबार बुटवलको ट्राफिकचोकमा पार्टीले आयोजना गरेको सभामा सम्बोधन गरेका थिए ।

‘श्रम संस्कृतिमा कोही सानो कोही ठूलो हुँदैन, आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलीका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिएसम्म कारबाही गरिएको जानकारी गराउँदछु, जय सुशासन,’ साङपाङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उद्घोषकले सम्बोधनका लागि आग्रह गरेपछि बोल्न पुगेका उपाध्यक्ष डा. परियारले आयोजकको व्यवहार ठीक नभएको भन्दै खनिएका थिए । ‘कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नुभएको छ,’ परियारले भनेका थिए, ‘ध्यान यता, मन यता हुन सक्दैन । म केन्द्रीय उपाध्यक्ष हो । म पनि बोल्न पाउनुपर्छ । ध्यान अन्त मोड्न हुँदैन ।’

परियारले सभामा आफूलाई प्रमुख अतिथिभन्दा अगाडि नै बोल्न नदिइएको भन्दै आयोजकसँग सार्वजनिकरुपमै असन्तुष्टि जनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org