ताजा समाचार

‘समस्या देखिएको मिर्गौला किन राख्ने’,छिट्टै प्रत्यारोपण गर्दैछुः प्रधानमन्त्री ओली

काठमाडाैँ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिएका छन्।

मंगलबार सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले एउटा मिर्गौलामा सामान्य समस्या आएको भन्दै प्रत्यारोपण गर्ने बताएका हुन्।

‘एउटा मिर्गौलामा सामान्य समस्या आएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘समस्या देखिएको मिर्गौला किन राख्ने? त्यसैले छिट्टै परिवर्तन (प्रत्यारोपण) गर्दैछु।’

उनले मिर्गौला प्रत्यारोपण पछि सरकारलाई थप गति दिने पनि बताए। ‘सरकारकाे कार्यकाल अझ तीन वर्ष बाँकी छ। अब थप सक्रिय र सशक्त रुपमा काम गर्नका समस्या भएकाे किड्नी पनि फेर्न लागेकाे हाे,’ उनले भने।

१२ वर्षअघि मिर्गौलाको प्रत्यारोपण गरेका ओलीको केही महिनायता समस्या देखिन थालेपछि नियमित डायलासिस गराइरहेका छन्। कतिपयले ओलीलाई मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएपनि यसअघि उनले त्यसबारे औपचारिकरुपमा केही बताएका थिएनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org