ताजा समाचार

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति

काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायीका रुपमा समेत चिनिने प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले बताए ।

प्रसाईंसँगै युट्युबर जीवन पाण्डे र दुर्गा खनालविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको बताइएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org