ताजा समाचार

अज्ञात समूहद्वारा गएराति प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते

काठमाडाैँ । अज्ञात समूहले सिन्धुपाल्चोकको खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण  गरेकाे छ ।

मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ जनाकाे समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए  ।

आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org