पूर्व सचिव पत्नीको हत्याप्रयास, कामदारद्वारा झुण्डिएर आत्महत्या
आत्महत्या हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान
काठमाडौँ ।पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्याप्रयास भएको छ। सचिव कार्कीकै घरमा काम गर्दै आएका विशाल चौधरीले हत्याप्रयास गरेका हुन्।
सचिव कार्कीकी पत्नी मुनालाई किचेनरुममा मरनासन्न हुने गरी आक्रमण गरेपछि चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।
‘टाउकोबाट अत्यधिक रगत बगेर चिन्ताजनक अवस्थामा मुना कार्कीलाई उनकै घरको किचेनमा लडेको भेट्टायौँ’, तामाङले थाहाखबरसँग भने, ‘उनीमाथि आक्रमणमा संलग्न कामदार विशाल चौधरीले घरमै झुण्डिएर आत्महत्या गरेछन्। उनको शव कार्कीकै घरभित्रको कोठामा भेटिएको छ।’
घाइते मुनालाई तत्कालै उपचारका लागि स्टार हस्पिटलमा पठाइएको छ। उनको गम्भीर अवस्थामा अहिले उपचार भइरहेको छ।
डिएसपी तामाङका अनुसार चौधरीले कार्कीमाथि आक्रमण गर्नुको कारण खुलिसकेको छैन। ‘झुण्डिएका चौधरीको हातभरी रगत लतपतिएको भेटिएको छ’, तामाङले भने, ‘कार्कीमाथि आक्रमण गर्न प्रयोग गरिएका प्लाष्टिकको कुर्सीको टुक्रा पनि किचेनभरी छरिएको पायौँ।’
प्रहरीले यस आक्रमणबारे अनुसन्धान तीव्र पारिएको जनाएको छ। ‘प्रारम्भिक अनुसन्धानमा विशालकै संलग्नता देखियो’, तामाङले भने, ‘थप अनुसन्धान भइरहेकाले यसको कारण र पृष्ठभूमिको खोजी गरिरहेका छौँ।’
Comments
अरु समाचार
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...