ताजा समाचार

पूर्वसभामुख महराको आज अन्तिम सुनुवाइ

महराको अन्तिम सुनुवाइ हुँदै, आजै फैसला आउने

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे अन्तिम सुनुवाइ सुरु भएको छ ।

जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ भइरहेको छ। सरकारी पक्षका वकिलहरुको बहस सकिएर महरा पक्षका वकिलहरुले बहस गरिरहेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।आइतबार साँझसम्म फैसला हुनसक्ने संभावना रहेको छ।

यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको हो।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए।जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित रहेको भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्ला अदालतले थुनामा राख्नेगरी भएको आदेशलाई सदर गरेको थियो।

संसद सचिवालयकी कर्मचारी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा महरालाई काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते पुर्पक्षका लागि जेल चलान गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org