ताजा समाचार

नेकपाका नेता तथा पूर्वराजदुत लामा गम्भीर बिरामी

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपा)का केन्द्रिय सदस्य तथा दक्षिण कोरियाका पूर्वराजदुत कमानसिंह लामा गम्भीर बिरामी भएका छन् ।

आफ्नै निवास मुलपानीमा गएराति १ बजे बेहोस भएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।

६८ वर्षीय लामा प्रेसर र सुगरका बिरामी हुन् । उनी एक्कासी बेहोस भएपछि एम्बुलेन्समा नर्भिक अस्पताल लगिएको हो । लामाकी श्रीमति इन्द्रमाया तामाङका अनुसार उनी एक्कासी बेहोस भएका हुन् ।

२०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका लागि नेपाली राजदुत बनेका उनको किड्नीमा क्यान्सर समेत भएको थियो । डाक्टरहरुका अनुसार सोडियमको कमिका कारण उनी बेहोस भएका हुन् । तर, अहिले उनको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org