ताजा समाचार

प्रधानमन्त्री ओलीको मृगाैला प्रत्यारोपण अगाडी महासचिव पाैडलले यस्तो लेखेपछि…

काठमाडाैं । मृगाैला प्रत्यारोपणका निम्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पाैडेलले स्वास्थ्य लाभको कामना गर्नुका साथै प्रत्यारोपण सफलताको शुभकामना व्यक्त गरेका छन् ।

आइतबार चलेको नेकपाको सचिवालय बैठकमा उपस्थित अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बामदेव गाैतम, बरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल, महासचिव विष्णु पाैडेल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वास्थ लाभको कामका साथै मृगाैला प्रत्यारोपण सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

मृगौला प्रत्यारोपणको लागि अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री केपी ओलीलाई नेकपाका शीर्ष नेताहरुले स्वास्थ्य लाभको लागि शुभकामना दिएका छन् । महासचिव पाैडेलले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीज्यू मृगौला प्रत्यारोपणका लागि यही २०७६ फागुन १९ गते शिक्षण अस्पताल, महारजगन्जमा भर्ना हुनुहुँदैछ । सफल सल्यकृया, सफल प्रत्यारोपण र शिघ्र स्वाश्वास्थ्यलाभको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org