ताजा समाचार

प्रत्यारोपणपछि प्रधानमन्त्रीका ‘चारवटा मिर्गाैला’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण हुने भएको छ ।

यसअघि ओलीले १२ वर्ष पहिले भारतमा मिर्गाैला प्रत्यारोपण गराएका थिए । उक्त मिर्गाैलाले काम गर्न छाडेपछि आज पुनः दोश्रो पटक ममिर्गाैला प्रत्यारोपन हुने भएको हो ।

यससँगै ओलीका अव चारवटा मिर्गाैला हुनेछन् । चिकित्सकका अनुसार मिर्गाैला प्रत्यारोपण गर्दा पुरानो फालेर नयाँ हाल्ने नभएर नयाँ थप्ने भएकाले पहिले भएका तीनवटामा एउटा थपिएछि चारवटा हुनेछन् ।

‘प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला फिट गर्ने होइन । यो हिसाबले प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपणपछि चारवटा मिर्गौला हुनेछन् ।’ एक चिकित्सकले भने ।

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिबेलादेखि ओलीको शरीरमा तीनवटा मिर्गौला छन् । १२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिँदैछ । यससँगै प्रधानमन्त्रीको शरीरमा चार वटा मिर्गौला हुनेछन् ।

चिकिर्सका अनुसार पुरानो मिर्गौलाले दुई–चार पर्सेन्ट काम गरिरहेको हुन्छ, प्रत्यारोपण गर्नासाथ नयाँ मिर्गौलाले काम गर्न थालिहाल्छ ।

मिर्गौला प्रत्यारोपणको काम सक्न चारदेखि पाँच घण्टासम्म लाग्ने अनुमान छ । मिर्गौला दान गर्ने र प्रत्यारोपण गर्ने दुबै बिरामी एक हप्तापछि सामान्य अवस्थामा फर्किन सक्ने डाक्टरहरु बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org