ताजा समाचार

प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जी समीक्षा भन्छिन्: मामालाई भेट्न मन छ

काठमाडाैँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्न मन भएको बताएकी छन्।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालसँग आइतबार बिहान भएको भेटमा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्न मन भएको बताएकी हुन्।

प्रधानमन्त्री ओली र संग्रौला नातामा मामा भाञ्जी हुन्। प्रधानमन्त्री ओली र संग्रौला त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।

आफूसँगको भेटमा संग्रौलाले मामा (प्रधानमन्त्री ओली) लाई भेट्न मन भएको बताएको रिमालले ट्वीट गरेर जानकारी गराएका छन्।
‘प्रधानमन्त्रीज्यूलाई मिर्गौला दान दिने भान्जी समीक्षा संग्रौलालाई सोधें-कस्तो छ? मलाई त ठीक छ, मामालाई कस्तो छ? एकपटक मामालाई भेट्न मन लागेको छ,’ समीक्षासँगको कुराकानीबारे रिमालले भनेका छन्।

रिमालले प्रधानमन्त्रीलाई भेट्न समय मिलाउने पनि समीक्षालाई बताएका थिए।

‘तपाईं पहिलो भिजिटर हुनुहुनेछ। आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए,’ उनले लेखेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org