ताजा समाचार

इटालीका डेमोक्रयाटिक नेता जिंगारेट्टी कोरोना भाइरसबाट संक्रमित

एजेन्सि ।  इटालीमा डेमाक्रयाटिक पार्टीका नेता निकोल जिंगारेट्टी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

जिंगारेट्टी लाजियो क्षेत्रका पार्टी सभापति पनि हुन् ।

फेसबुकमा सार्वजनिक भएको एक भिडियोमा उनले आफू पनि भाइरसबाट संक्रमित भएको बताएका छन् ।

‘मलाई पनि कोरोनाभाइरसको संक्रमण भएको छ, तर म ठिक छु, आफ्नै घरमा क्वारेन्टाइनमा छु र मेरो परिवारले पनि यसका लागि सर्तकता अपनाइरहेको छ ।’ उनले उक्त भिडियोमा भनेका छन् ।

देशभर भाइरसको संक्रमण तीव्र फैलिइरहेकाले यसका लागि उच्च सर्तक रहन पनि उनले इटालीका नागरिकलाई आग्रह गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org