ताजा समाचार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसन वार्ड भरियो

कोरोनाको आशंकामा दैनिक दुईदेखि तीनजना बिरामी भर्ना

काठमाडाैँ । कोरोना भाइरसका शंकास्पद बिरामीका कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्ड भरिएको छ।

विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन वार्ड भरिएको हो।  त्रिभुवन विमानस्थल हेल्थ डेक्सका अनुसार  केही दिनयाता दैनिक दुईदेखि तीनजना शंकास्पद बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गर्ने गरिएको छ।

टेकु अस्पतालको कोरोना भाइरसको शंकास्पद बिरामीका लागि उपचार गर्न बनाइएका पाँचवटा आइसोलेसन वार्ड भरिएका छन्।

अब विमानस्थलमा भेटिने शंकास्पद बिरामीलाई पाटन अस्पतालमा पठाउने तयारी भएको विमानस्थल हेल्थ डेक्स स्रोतले जनाएको छ। स्रोतका अनुसार ,’अब आउने शंकास्पद बिरामीलाई हामीले पाटन अस्पताल पठाउने तयारी गरेका छ।‘

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org