ताजा समाचार

नेकपा अध्यक्ष प्रचण्ड निवासमै अराम गर्दै

प्रधानमन्त्रीलाई भेट्न अधिकांश नेताहरु अस्पतालमा, प्रचण्ड भने निवासमै आराम गर्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीदिनदेखी निवासमै  आराम गरिरहेका छन ।

गत मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका प्रचण्ड त्यसयता निवास बाहिर ननिस्किएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रचण्ड ओलीलाई भेट्न अस्पतालमा आउँदा पनि सामान्य रुघाखोकी लागेको देखिएको अ‍ोलीको सचिवालयका सदस्यहरुले बताए । त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो ।

मिर्गाैला पुनः प्रत्यारोपणपछि अधिकांश नेताहरु अस्पताल गए पनि प्रचण्ड भने घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

रुघाखोकी र सामान्य ज्वरो आएपछि अध्यक्ष प्रचण्डले भेटघाट पनि कम गरेका छन् । केही नेताहरुसँग र निकटस्थहरुसँगमात्र उनले भेटघाट गरिरहेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण नेकपाले प्रदेश भेला लगायत पार्टीका सबै कार्यक्रमहरु स्थगित गरेकाले पनि सार्वजनिक कार्यक्रममा जानु नपरेकाले उनी आराममा बसेका हुन् ।

प्रचण्ड निकट एक नेताले भने ‘उहाँ विरामी परेर सुत्नुनै भएको चाहिँ होइन तर अहिले सार्वजनिक कार्यक्रमहरु पनि नभएका र पार्टीका भेलाहरु पनि स्थगित गरिएकाले आराम गर्ने मौका मिलेको हो । यद्यपी कतिपय भेटघाट र छलफलहरु रोकिएका छैनन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org