ताजा समाचार

बाँस्कोटाको घरमा विस्फोट गराउने आतंककारी हुनः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोटको घटनाको भत्र्सना गरेका छन् ।

अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना गरेका छन् । उनले बाँस्कोटाको घरमा विस्फोट गराउनेलाई आतंककारीको संज्ञा दिदै यस्तो कार्य गर्नेलाई कानुनको दायरामा ल्याउन सरकारसँग माग समेत गरेका छन् ।

‘हाम्रा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमरेड गोकुलप्रसाद दबास्कोटाको भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ । म पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु,’ नेकपा अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पूर्व सञ्चारमन्त्री तथा नेकपाका नेता गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बुधबार बिहान करिब ७ः४० बजेमा प्रेसर कुकर बम विष्फोट भएको थियो ।

विस्फोटबाट घरका झ्यालका सिसाहरु फुट्नुका साथै पर्खाल भत्किएको छ । घटनाको प्रहरीले अनुसन्धान सुरु गरिसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org