ताजा समाचार

सेल्फ क्वारेन्टाइनमा रहेका प्रचण्ड घरमै साइक्लिङ गर्दै !

काठमाडाैँ । विश्वव्यापी फैलिइरहेको कोरोना भाइरसको संक्रमण हुन नदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सेल्फ क्वारेन्टाइनमा छन् ।

सेल्फक्वारेन्टाइनमा बसेका वेला खासै हिँडडुल गर्न नमिल्ने भएका कारण पर्याप्त कसरत हुन सक्ने स्थिति छैन ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो समयको सदुपयोग गर्दै घर वरिपरि साइकल हाँक्न थालेका छन् । प्रचण्डले घर परिसरमा साइकल हाँक्दै गरेको फोटो र भिडियो उनका कान्छा ज्वाइँ जीवन आचार्यले फेसबुकमा हालेका छन् ।

आचार्य प्रचण्डका कान्छी छोरी गंगा दाहालका पति हुन् । आचार्यले आइतबार दिउँसो फेसबुकमा पोस्ट गरेको तस्बिर र भिडियोमा अध्यक्ष प्रचण्ड खुमलटारस्थित आफ्नो निवासमा साइक्लिङ गरिरहेका छन् । उनलाई आचार्यकी छोरी इशान्वीले साथ दिइरहेकी छिन् ।

तस्बिर र भिडियोका साथ आचार्यले लेखेका छन्, ‘सेल्फक्वारेन्टाइनका वेला पनि शरीर चुस्त राख्न जरुरी छ । शारीरिक व्यायामले इम्युनिटी पावर बढाई कोरोनाविरुद्ध लड्न मद्दत पु-याउँछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org