ताजा समाचार

कोरोना कोषमा एक महिनाको पारिश्रमिक दिने सभामुख धर्तीको निर्णय

काठमाडौं । प्रदेश न ५ प्रदेश सभा  सभामुख पूर्णबहादुर घर्तीले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

प्रदेश नं ५ सरकारद्वारा स्थापित कोषमा प्रदेश सरकार कार्यव्यवस्था तथा परामर्श समितीले गरेको निर्णय अनसार   सभामुख र उपसभामुखले एक महिनाको पारिश्रमिक दिने निर्णय लिएको उनका स्वकिय सचिव ध्रुबबिक्रम ओलीले जानकारी दिए ।

सभामुख घर्तीले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपिलसमेत गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि सरकारले उक्त कोष निर्माण गरेको हो । सो कोषमा प्रदेश नं ५ प्रदेशसभाका सांसदले आधा महिनाको तलब जम्मा गर्ने भएका छन  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org