कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजमा आएका १२५ यात्रुको पहिचान
काठमाडाैँ । गत चैत ४ मा फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी युवतीसँगै यात्रा गरेका १२५ जना यात्रुको पहिचान भएको छ।
अब त्यस विमानमा सवार ३३ जना यात्रुको पहिचा बाँकी रहेको छ। चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् ती युवती काठमाडौं उत्रिएकी थिइन्।
उनीसँगै आएका १२५ जना अन्य यात्रुको नाम र ठेगाना पहिचान भइसकेको जानकारी नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापाले दिएका छन्। ‘हामीले कोरोना भाइरस संक्रमित काठमाडौंकी १९ वर्षीया युवतीसँगै आएका अन्य १२५ जना यात्रुको पहिचान गरिसकेका छौँ’, थापाले भने, ‘सबै यात्रुको नाम र ठेगाना पत्ता लागिसकेकाले उनीहरुसँग स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत सम्पर्क गर्दैछौँ।’ चैत ४ गते कतारबाट आएका कतार एयरवेजका तीनवटा जहाजमा ४६९ जना यात्रु सवार थिए।
किशोरी काठमाडौं आएका दिन कतारका क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ जहाजले उडान भरेका थिए। थापाका अनुसार तीनै उडानका सबै यात्रुको विवरण उपलब्ध भइसकेको छ। त्यही आधारमा युवती सवार उडानका अन्य यात्रुको पहिचा गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलका एक अधिकारीले ती यात्रुका राहदानीसहितका विवरणका प्रतिलिपि नेपाल प्रहरीलाई बुझाइसकेकाले अब उनीहरुको बसोबास रहेको स्थानसम्म पुग्न सहज हुने जानकारी दिए।
प्रवक्ता थापाका अनुसार पहिचान भएका ती यात्रुको घर ठेगानमा स्थानीय प्रहरी युनिटलाई ‘मुभ’ गराइसकिएको छ। ‘स्थानीय प्रहरी युनिटको टोली सम्बन्धित यात्रुको घरसम्म पुग्दैछन्’, उनले भने, ‘पहिचान भइसकेका यात्रुलाई तत्कालै क्वारेन्टाइनमा राख्दैछौँ।’ थापाले सुरुमा ती यात्रुलाई क्वारेन्टाइनमा राखेपछि बाँकी प्रक्रिया थालिने जानकारी दिए। ‘पहिले उहाँहरुलाई सेल्प क्वारेन्टाइनमा राख्दैछौँ।
क्वारेन्टाइनमा राखेको अवधिमा कुनै लक्षण या स्वास्थ्य समस्या देखिएमा चेकजाँचका लागि अस्पताल लान्छौँ’, थापाले भने, ‘स्वास्थ्य परीक्षणबाट कोरोना पुष्टि भएमा तत्कालै आइसोलेसनमा लगिने छ।’ फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सरकारले उनीसँगै यात्रा गर्नेको खोजतलास थालेको थियो। खोजीका क्रममा बागलुङ, काभ्रेसहितका जिल्लामा केही यात्रु भेटिएका छन्।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...