इटालीमा रहेका नेपाली ‘सेल्फ क्वारेन्टाइन’ मा सुरक्षित
काठमाडौं । ‘त्यहाँ त धेरै खतरा छ रे। आइज भन्दा आइनस्। अब के हुने हो?’, सुनसरी इटहरीका दिवस सुवेदीलाई भिडियो कल गरेर आमाले सोधिरहन्छिन्।
दिवसले भिडियोमार्फत आफू र वरपर त्यस्तो केही खतरा नभएको देखाउँछन् र आमाले थोरै भए पनि राहत महसुस गर्छिन् तर ढुक्क भएर भने होइन।
इटालीस्थित रोम सहरको सेल्फ क्वारेन्टाइनमा आजभोलि दिवसको दैनिकी यसरी नै बितिरहेको छ।
‘नेपालमा आमाले धेरै चिन्ता लिनु भएको छ तर हल्ला भएको जस्तो बिजोग अवस्थामा हामी छैनौँ। हामी सेल्फ क्वारेन्टाइनमा सुरक्षित छौँ’, दिवसले सुनाए।
नेपाली सुरक्षित
८ वर्षअघि विद्यार्थी भिसामा इटाली पुगेका दिवस अहिले डिजाइनरका रुपमा कार्यरत छन्। उनलाई नेपालभन्दा इटाली धेरै सुरक्षित पनि लाग्छ। ‘यहाँको सरकारले आफ्नै नागरिक सरह व्यवहार गरेको छ। रासन पानी घरघरमै आइपुग्छ। कसैलाई समस्या परे तत्काल उद्धार हुन्छ’ , उनको अनुभव छ।
इटालीमा बढ्दो कोरोना संक्रमणका समाचारहरु वास्तविकतामाथि रहेरभन्दा पनि भ्रमात्मक बढी हुँदा आफन्तहरु बढी त्रसित बनेको उनको बुझाइ छ।
भक्तपुरका दिनेश श्रेष्ठको बुझाइ पनि उस्तै छ। १४ वर्षदेखि इटालीको रोमस्थित एउटा रेस्टुरेन्टमा वेटरका रुपमा कार्यरत रहेका उनलाई अहिलेको अवस्था बाहिर हल्ला भएजस्तो डरलाग्दो लाग्दैन। ‘हामी नेपालीहरु बाहिरी हल्ला भएजस्तो डरलाग्दो अवस्थामा छैनौँ। विश्वमै फैलँदै गएको कोरोना संक्रमणबाट बच्न हामी सजगता अपनाइरहेका छौँ’, उनी भन्छन्।
सतर्कता र सहयोग
नेपालीहरुको आकर्षक गन्तव्य मुलुक इटाली यतिबेला कोरोनाको चपेटामा छ। यूरोपियन मुलुक इटालीमा सरकारले वर्किङ भिसा खुल्ला नगरे पनि भारत वा अन्य तेस्रो मुलुक हुँदै रोजगारीको सिलसिलामा ठूलो संख्यामा नेपालीहरु पुगिरहेका छन्।
हाल इटालीका विभिन्न सहरमा रोजगारी तथा अध्ययनको सिलसिलामा १५ सयभन्दा बढी नेपालीहरु रहेका छन्।
संक्रमणको दर बढ्दै गएपछि हाल इटाली सरकारले पूरै देश लक डाउन गरेको छ। अन्य नागरिकजस्तै नेपालीहरु पनि घरभित्रै सेल्फ क्वारेन्टाइनमा रहेर सतर्कता अपनाइरहेका छन्।
विभिन्न क्षेत्रमा काम गर्दै आएका श्रमिकहरु क्वारेन्टाइनमा रहेको अवस्थामा पनि पारिश्रमिक उपलब्ध गराउन इटालीयन सरकारले त्यहाँका रोजगारदाताहरुलाई सहयोग पुर्याउने भएको छ।
एनआरएनए इटालीका जनरल सेक्रेटरी भावेश सिहं इटालीमा सबै नेपालीहरु सुरक्षित रहेको बताउँछन्। ‘इटाली सरकारले पनि नेपालीहरुलाई सहयोग गरिरहेको छ, कतै अप्ठ्यारो परे एनआएएनएले सहयोग गरिरहेको छ’, उनी भन्छन्।
क्वारेन्टाइनमा रहेका नेपालीहरु समस्यामा भने नरहेको उनको भनाइ छ।
कोरोना तथ्यांकमा इटाली
कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यू हुनेहरुमा सबैभन्दा बढी इटालीकै नागरिकहरु छन्। बुधबार बिहान (साढे ७ बजे) सम्म कोरोनाका कारण इटालीमा झण्डै ६९ हजार संक्रमित भइसकेका छन्। कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि इटालीमै उच्च छ।
पछिल्लो तथ्यांकअनुसार, ६ हजार ८ सय २० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। ८ हजार ३ सय २६ जना निको भइसेका छन्।
समाचार तयार पार्दासम्म इटालीमा रहेका नेपालीलाई कोरोना संक्रमण छैन।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...