कोरोना संक्रमितको उपचार गर्न पाटन अस्पतालमा २० आईसीयू
काठमाडौं । सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (अस्पताल) पठाउने भएको छ ।
पाटन अस्पतालले कोरोनाका बिरामीहरू उपचार गर्न २० बेडको आईसीयू र ६ आइसोलेसन बेड तयारी गरेको जनाएको छ ।
अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले कोरोना संक्रमण भएका बिरामीका लागि २० आईसीयू र ६ आइसोलेसन तयार गरिरएको बताए । “अहिलेसम्म पाटन अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामी छैन, संक्रमितलाई एक स्थानमा भर्ना गरिएर राखिएकामा अर्को स्थानमा सार्दा सर्ने जोखिम बढी हुन्छ । टेकु अस्पतालमा बिरामी राख्न नसकेको अवस्थामा यहाँ ल्याउने हो,” उनले भने, “अहिले अस्पतालको आइसोलेसन ३ जना कोरोनाको आशंका गरेका बिरामी छन् । उनीहरूको परीक्षण रिपोर्ट भोलि आउँछ ।” शुक्रराज अस्पतालमा शंकास्पद बिरामी भरिएपछि मात्र पाटन अस्पतालमा पठाउने गरिएको समेत निर्देशक डा. शर्माले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबारको पत्रकार सम्मेलनमा कोरोनाको संक्रमण पुष्टि भएका बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पाटन अस्पतालमा स्थानान्तरण गर्ने तयारी रहेको बताएका थिए ।
निर्णयपछि अस्पतालले शय्या छुट्याएको बताएका थिए । उनले कोरोना भाइरस संक्रमणसँग सम्बन्धित रोगको परीक्षण र त्यसको पुष्टि हुने समयसम्म मात्र टेकु अस्पताललाई माध्यमका रूपमा प्रयोग गर्नेसमेत बताएका थिए ।
हाल शुक्रराज अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि तीन शय्याको आईसीयू र पाँच आइसोलेसन वार्ड सञ्चालनमा छन् । १७ आईसीयू थप्ने तयारी रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । सरकारले काठमाडौं उपत्यकामा एक सय २० शय्याको आईसीयू बेड र विभिन्न प्रदेशमा १ सय २५ शय्या आईसीयू थप्ने जनाएको थियो ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...