ताजा समाचार

कोरोना संक्रमितको उपचार गर्न पाटन अस्पतालमा २० आईसीयू

काठमाडौं । सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (अस्पताल) पठाउने भएको छ ।

पाटन अस्पतालले कोरोनाका बिरामीहरू उपचार गर्न २० बेडको आईसीयू  र ६ आइसोलेसन बेड तयारी गरेको जनाएको छ ।

अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले कोरोना संक्रमण भएका बिरामीका लागि २० आईसीयू र ६ आइसोलेसन तयार गरिरएको बताए ।  “अहिलेसम्म पाटन अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामी छैन, संक्रमितलाई एक स्थानमा भर्ना गरिएर राखिएकामा अर्को स्थानमा सार्दा सर्ने जोखिम बढी हुन्छ । टेकु अस्पतालमा बिरामी राख्न नसकेको अवस्थामा यहाँ ल्याउने हो,” उनले भने, “अहिले अस्पतालको आइसोलेसन ३ जना कोरोनाको आशंका गरेका बिरामी छन् । उनीहरूको परीक्षण रिपोर्ट भोलि आउँछ ।” शुक्रराज अस्पतालमा शंकास्पद बिरामी भरिएपछि मात्र पाटन अस्पतालमा पठाउने गरिएको समेत निर्देशक डा. शर्माले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबारको पत्रकार सम्मेलनमा कोरोनाको संक्रमण पुष्टि भएका बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पाटन अस्पतालमा स्थानान्तरण गर्ने तयारी रहेको बताएका थिए ।

निर्णयपछि अस्पतालले शय्या छुट्याएको बताएका थिए । उनले कोरोना भाइरस संक्रमणसँग सम्बन्धित रोगको परीक्षण र त्यसको पुष्टि हुने समयसम्म मात्र टेकु अस्पताललाई माध्यमका रूपमा प्रयोग गर्नेसमेत बताएका थिए ।

हाल शुक्रराज अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि तीन शय्याको आईसीयू र पाँच आइसोलेसन वार्ड सञ्चालनमा छन् । १७ आईसीयू थप्ने तयारी रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । सरकारले काठमाडौं उपत्यकामा एक सय २० शय्याको आईसीयू बेड र विभिन्न प्रदेशमा १ सय २५ शय्या आईसीयू थप्ने जनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org