ताजा समाचार

प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्किए

काठमाडाैँ । मुटुको धड्कनमा समस्या भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन्।

मुटुको धड्कन बढेपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा भर्ना भएका ओली आवश्यक उपचारपछि शुक्रबार साँझ बालुवाटार फर्किएका हुन्।  मनमाेहन सेन्टर महाराजगंजमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज भएकाे प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

अस्पतालबाट डिस्चार्ज भएर प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगिसकेको थापाले बताए। मुटुकाे धड्कन बढ्ने समस्याका कारण ओली अस्पतालमा भर्ना भएकाा थिए। करिब २० घण्टा अस्पतालमा रहेर बसेका थिए। ओलीकाे २४ दिन अघि शिक्षण अस्पतालमा दाेस्राेपटक मिर्गाैला प्रत्याराेपण गरिएकाे थिायाे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org