ताजा समाचार

चीनबाट स्वास्थ्य सामाग्री र औषधि लिएर स्वदेश फर्कियो नेपाल एयरलाइन्सको जहाज

काठमाडौँ । चीनबाट स्वास्थ्य सामाग्री र उपकरण लिएर नेपाल एयरलाइन्सको जहाज स्वदेश फर्किएको छ।

चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि  र अन्य मेडिकल उपकरण लिएर विमान स्वदेश फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

आइतबार बिहान विमान नेपाल फर्किएको हो। शनिबार विमान औषधि  र उपकरण लिन चीन पठाइएको थियो।


स्वास्थ्य मन्त्रालयको निर्णय अनुसर जहाज औषधि र उपकरण लिन चीन पठाइएको थियो। भेन्टिलेटर, अक्सिजन प्लान्ट, सर्जिकल तथा एन ९५ मास्क लगायतका १९ प्रकारका उपकरण ल्याउनेगरी जहाज पठाइएको थियो।

स्वास्थ्य सामाग्री ल्याउन परराष्ट्र मन्त्रालयमार्फत भारत, बंगलादेश र म्यान्मार लगायतका मुलुकसँग समन्वय गरेर चीन उडान गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org