सरकारसँग विदेशबाट फर्किएका ४१ हजारको रेकर्ड, सबैजना निगरानीमा
काठमाडाैँ । सरकारले कोरोना भाइरसको विश्वव्यापी संकटका क्रममा अहिलेसम्म ४१ हजार एक सय ४० जना नेपालीहरु स्वदेश फर्किएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म त्यतिका संख्यामा मानिसहरु घर फर्किएको जानकारी। ‘सोमबारसम्मको रेकर्डमा भारतसहित तेस्रो मुलुकबाट फर्किनेको संख्या ४१ हजार एक सय ४० छ’, उनले भने, ‘कोरोनाको सम्भावित जोखिम हेरेर ती सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने अवस्था पनि आउन सक्छ।’ देवकोटाले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको जानकारी दिए।
देवकोटाले अहिलेसम्म ९ सय ९३ वटा नमुना परीक्षण गरिएको बताए। सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको बताउँदै उनले धरानमा नमुना परीक्षण सुरु भइसकेको जानकारी दिए। सोमबारसम्म १९ वटा नमुना परीक्षण भइसकेको पनि उनले बताए। डाक्टर देवकोटाका अनुसार, सोमबार धरानमा थप ६ वटा नमुना परीक्षण भएको छ।
धनगढी, सुर्खेत , बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने गरि आवश्यक उपकरण पठाइएको छ। पत्रकार सम्मेलनमा स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले कोरोना भाइरसको संक्रमणको लोकल ट्रान्समिसन नदेखिएकाले धेरै भयभीत नहुन र सबै मृत्युका घटनालाई कोरोनासंग नजोड्न उनले आग्रह गरे। जो मर्यो त्यो कोरोनाले मर्यो भन्ने किसिमको प्रचार हुनु दुखद भएको उनले बताए।
कोरोना संक्रमण भइसकेपछि पनि १५ प्रतिशत मानिसमा मात्रै जटिल किसिमको लक्षण देखिने र ५ प्रतिशत मानिसलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेकोले धेरै डर र भय नपाल्न उनले आग्रह गरे। देवकोटाले प्रत्येक प्रदेशमा १ हजार सेट पिपिई, १० हजार भन्दा बढी मास्क, २० हजार भन्दा बढी ग्लब्स पठाइएको जानकारी दिए। उनले धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट ती सामान पुगिसकेको र अन्य ४ वटा प्रदेशकमा स्थलमार्ग हुँदै पठाइएको बताए। त्यसैगरी क्लोरिन र अन्य सामाग्रीहरु पनि सबै प्रदेशलाई पठाईएको पनि उनले जानकारी दिए।
Comments
अरु समाचार
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री यादवको निर्देशन
काठमाडौं । उपत्यकावासीले दशैँको अघि नै मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...