ताजा समाचार

कतार एयरवेजको एकै उडानमा आएका तीन युवतीमा कोरोना संक्रमण

काठमाडौं  । कतार एयरवेजको जहाजमा दोहा हुँदै गत चैत ४ गते काठमाडौं आएका  तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ।

कतारको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं उत्रिएका तीनजना यात्रुमा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार यो कुराको पुष्टि गरेका हुन्।

‘कतार एयरवेजको क्युआर ६५२ उडान नम्बरबाट काठमाडौं आएका अर्का यात्रुमा कोरोना पोजेटिभ देखिएको छ’, उनले भने, ‘योसँगै उक्त उडानबाट आएका तीन यात्रु कोरोना संक्रमित पाइएको छ। नेपालमा कोरोनाका छैटौं संक्रमित भेटिए क्युआर ६५२ उडान नम्बरबाट काठमाडौं उत्रिएकामध्ये सबैभन्दा पहिले फ्रान्सबाट आएकी १९ वर्षीया यात्रुमा कोरोना देखिएको थियो। काठमाडौं निवासी उनमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छिन्।

त्यसपछि उक्त उडानबाट आएका १५८ यात्रुको खोजी गर्ने क्रममा कोरोना पत्ता लागेको हो। काठमाडौंकी ती युवतीसँगै बेल्जियमबाट कतार हुँदै आएकी बागलुङकी ती २२ वर्षीया युवतीको अहिले धौलागिरी अञ्‍चल अस्पतालमा उपचार भइरहेको छ। उनलाई गत शनिबार राति नै अञ्चल अस्पतालको मेडिकल टिमले घरबाट ‘आइसोलेशन वार्ड’मा ल्याइएको छ।

अस्पतालको ‘आइसोलेशन वार्ड’मा राखेर उपचार भइरहेको स्वास्‍थ्‍य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।  तर अवस्था सामान्य छ। यसअघि उनीसँगै बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी १९ बर्षिया ती युवतीलाई कोरोना भाइरसको संक्रमण भएको शनिबार पुष्टि भएको थियो।

उनी बागलुङ नगरपालिका-४ की बासिन्दा हुन्। कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा झरेकी उनी एक रात काठमाडौं बसेर पोखरा हुँदै बागलुङ गएकी थिइन्।  तेस्रो पनि बागलुङकै  कतार एयरवेजको क्युआर ६५२ उडानबाट काठमाडौं आएकी तेस्रो यात्रुमा पनि बिहीबार कोरोना पुष्टि भएको छ।

बागलुङकै २२ वर्षीया र काठमाडौंकी १९ वर्षीया युवतीसँगै उनी पनि कतारकै त्यही उडानबाट काठमाडौं आएकी थिइन्।  स्वास्थ्य मन्त्रालयका अनुसार ती युवती पनि फ्रान्सबाटै आएकी थिइन्। फ्रान्सबाट आएकी काठमाडौंकी युवतीमा कोरोना पुष्टि भएपछि सबै यात्रुको खोजी गर्ने क्रममा बागलुङकी यी युवतीलाई पनि प्रहरीले पत्ता लगाएको थियो। उनमा पनि कोरोनाको लक्षण देखिएपछि थ्रोट स्वाब संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। जहाँ पहिलो परीक्षणमा ती युवतीमा पनि कोरोना पुष्टि भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org