कतार एयरवेजको एकै उडानमा आएका तीन युवतीमा कोरोना संक्रमण
काठमाडौं । कतार एयरवेजको जहाजमा दोहा हुँदै गत चैत ४ गते काठमाडौं आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ।
कतारको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं उत्रिएका तीनजना यात्रुमा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार यो कुराको पुष्टि गरेका हुन्।
‘कतार एयरवेजको क्युआर ६५२ उडान नम्बरबाट काठमाडौं आएका अर्का यात्रुमा कोरोना पोजेटिभ देखिएको छ’, उनले भने, ‘योसँगै उक्त उडानबाट आएका तीन यात्रु कोरोना संक्रमित पाइएको छ। नेपालमा कोरोनाका छैटौं संक्रमित भेटिए क्युआर ६५२ उडान नम्बरबाट काठमाडौं उत्रिएकामध्ये सबैभन्दा पहिले फ्रान्सबाट आएकी १९ वर्षीया यात्रुमा कोरोना देखिएको थियो। काठमाडौं निवासी उनमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छिन्।
त्यसपछि उक्त उडानबाट आएका १५८ यात्रुको खोजी गर्ने क्रममा कोरोना पत्ता लागेको हो। काठमाडौंकी ती युवतीसँगै बेल्जियमबाट कतार हुँदै आएकी बागलुङकी ती २२ वर्षीया युवतीको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनलाई गत शनिबार राति नै अञ्चल अस्पतालको मेडिकल टिमले घरबाट ‘आइसोलेशन वार्ड’मा ल्याइएको छ।
अस्पतालको ‘आइसोलेशन वार्ड’मा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। तर अवस्था सामान्य छ। यसअघि उनीसँगै बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी १९ बर्षिया ती युवतीलाई कोरोना भाइरसको संक्रमण भएको शनिबार पुष्टि भएको थियो।
उनी बागलुङ नगरपालिका-४ की बासिन्दा हुन्। कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा झरेकी उनी एक रात काठमाडौं बसेर पोखरा हुँदै बागलुङ गएकी थिइन्। तेस्रो पनि बागलुङकै कतार एयरवेजको क्युआर ६५२ उडानबाट काठमाडौं आएकी तेस्रो यात्रुमा पनि बिहीबार कोरोना पुष्टि भएको छ।
बागलुङकै २२ वर्षीया र काठमाडौंकी १९ वर्षीया युवतीसँगै उनी पनि कतारकै त्यही उडानबाट काठमाडौं आएकी थिइन्। स्वास्थ्य मन्त्रालयका अनुसार ती युवती पनि फ्रान्सबाटै आएकी थिइन्। फ्रान्सबाट आएकी काठमाडौंकी युवतीमा कोरोना पुष्टि भएपछि सबै यात्रुको खोजी गर्ने क्रममा बागलुङकी यी युवतीलाई पनि प्रहरीले पत्ता लगाएको थियो। उनमा पनि कोरोनाको लक्षण देखिएपछि थ्रोट स्वाब संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। जहाँ पहिलो परीक्षणमा ती युवतीमा पनि कोरोना पुष्टि भएको हो।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...