कोरोना संक्रमित आठै जनाको स्वास्थ्य अवस्था सामान्य
काठमाडौ । देशैभरका अस्पतालहरुमा शनिवार (आज) ६९ जना कोरोनाको आशंकामा आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उक्त जनाकारी दिएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा.देवकोटालले आज थप तीनजना कोरोना संक्रमित फेला परेपछि नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ जना पुगेको जानकारी दिए । यद्यपि एकजना उपचार पछि निको भएका छन् । अन्य आठ जनाको उपचार भइरहेको जानकारी उनले जानकारी दिए ।
“अस्पतालमा उपचाररत आठै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने, “काठमाडौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना , २ जना बाग्लुङग धवलागिरि अञ्चल अस्पताल र ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।”
त्यसैगरी, आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ४४१ जनाको कोरोना आशंकामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्रालयका कल सेन्टर १११५ र ११३३ मा ३ हजार ४६५ वटा कल कोरोनाको गुनासोको सम्बोधन गरिएको छ । मन्त्रालयको मोबाइल एपमा आज १२६ जना रेड जोनमा रहेको समेत प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
नेपालमा पहिलो पटक स्थानीयमा कोरोना संक्रमण देखिएको छ । विदेशबाट आएकाहरुले क्वारेन्टाइनमा कतिको सावाधानी अपनाएका छन् त्यसमा संक्रमण थप फैलिने अथवा नफैलिने भर पर्ने मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...