ताजा समाचार

कोरोना संक्रमित आठै जनाको स्वास्थ्य अवस्था सामान्य

काठमाडौ । देशैभरका अस्पतालहरुमा शनिवार (आज) ६९ जना कोरोनाको आशंकामा आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उक्त जनाकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा.देवकोटालले आज थप तीनजना कोरोना संक्रमित फेला परेपछि नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ जना पुगेको जानकारी दिए । यद्यपि एकजना उपचार पछि निको भएका छन्  । अन्य आठ जनाको उपचार भइरहेको जानकारी उनले जानकारी दिए ।

“अस्पतालमा उपचाररत आठै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने, “काठमाडौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना , २ जना बाग्लुङग धवलागिरि अञ्चल अस्पताल र ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।”

त्यसैगरी, आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ४४१ जनाको कोरोना आशंकामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  मन्त्रालयका कल सेन्टर १११५ र ११३३ मा ३ हजार ४६५ वटा कल कोरोनाको गुनासोको सम्बोधन गरिएको छ । मन्त्रालयको मोबाइल एपमा आज १२६ जना रेड जोनमा रहेको  समेत प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

नेपालमा पहिलो पटक स्थानीयमा कोरोना संक्रमण देखिएको छ । विदेशबाट आएकाहरुले क्वारेन्टाइनमा कतिको सावाधानी अपनाएका छन् त्यसमा संक्रमण थप फैलिने अथवा नफैलिने भर पर्ने मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org