ताजा समाचार

सिंहदरबारस्थित एक्सन रुमबाट प्रधानमन्त्री-मुख्यमन्त्रीहरूबीच भिडिओ कन्फ्रेन्स

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीहरूबीच भिडिओ कन्फ्रेन्स अहिले जारी छ।

सिंहदरबारस्थित एक्सन रुमबाट भइरहेको भिडिओ कन्फ्रेन्समा प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरू शेरधन राई, लालबाबु राउत, डोरमणी पौडेल र पृथ्वीसुब्बा गुरूङसँग छलफल भइसकेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मुख्यमन्त्रीहरूले कोभिड-१९ को रोकथाम तथा उपचारमा प्रदेशमा गरिरहेको कामको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइरहेका छन्।

कन्फ्रेन्स कोभिड-१९ को रोकथाम, उपचारमा भइरहेका काम र अबको योजनामा केन्द्रित छ।

कोभिड-१९ सँग जुध्‍न अन्तरप्रदेश र संघसँगको समन्वय पनि भिडिओ कन्फ्रेन्सको मुख्य अजेण्डा छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org