ताजा समाचार

र्‍यापिड टेस्टबाट काभ्रेमा भेटिए कोरोनाका दुई संक्रमित

काभ्रे । र्‍यापिड डाइग्नोस्टक परीक्षण (आरडीटी) गर्दा जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक-एक जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ।

बेथान्थोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवा र मण्डन देउपुर नगरपालिमा वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवामा कोरोना भाइरस पोजिटिभ देखिएको हो। उनीहरुको दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ। बेथाञ्चोकका युवा ९ चेतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएका हुन्।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवम् कमाण्ड पोष्टका सदस्य सचिव डा. नरेन्द्रकुमार झाले कोरोनाको लक्षण पोजेटिभ देखिएकोबारे आफूलाई जानकारी नभएको बताए। ‘मलाई आधिकारिक जानकारी छैन’, उनले भने, ‘जानकारी भए पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ताज्युलाई मात्र हुन्छ।’ उनका अनुसार काभ्रेका स्थानीय सरकारले चैत्र १ देखि विभिन्न देशबाट काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा भित्रिएका २ सय ५१ जना ब्यक्तिहरुको परीक्षण गर्ने छ। जसमध्ये आजसम्म १ सय ९१ को परिक्षण भइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org