ताजा समाचार

सनसिटी अर्पाटमेण्टमा बस्ने सबैको कोरोना र्‍यापिड टेस्ट सुरु

काठमाडाैँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैजनाको कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणा गरिने भएको छ ।

अर्पाटमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण भेटिएपछि स्थानीय तहको पहलमा अर्पाटमेन्टका सबैको र्‍यापिड टेष्ट गरिने निर्णय भएको कागेश्वरी मनोहरा नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाका प्रमुख कृष्णहरि थापाका अनुसार अर्पाटमेण्टमा बस्ने २ सय ४२ जनाको आज परीक्षण गरिने र अन्यको क्रमश गर्दै लैजाने नीति छ ।
कोरोना संक्रमण देखिएको व्लक ए बाट परीक्षण शुरु गरिएको उनले बताए ।

सनसिटीका पाँच वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org