ताजा समाचार

प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए, पैदल हिँडेर घर जानेहरुबारे निर्णय हुने

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसहित कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यलाई बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले समिति सदस्यहरूलाई दिउँसो ४ बजे बालुवाटार बोलाएका हुन्।

बालुवाटार जानुअघि केहीबेरअघि सिंहदरबारमा उक्त समितिको बैठक बसेको थियो।

लकडाउनमा घर जान खोज्ने नागरिकहरू अलपत्र परेको विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेको बुझिएको छ।

सयौं किलोमिटर टाढा पैदल जान लागेका नागरिकको उद्धार र व्यवस्थापन गर्न सरकारलाई चौतर्फी दबाब छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org