उदयपुरको मस्जिदमा बसेका आठजना भारतीयलाई ‘कोरोना पोजेटिभ’
जनस्वास्थ्य प्रयोगशालामा पुन:परीक्षण हुदै
काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमण देखिएको छ।
विराटनगरस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा आठजनालाई कोरोना पोजेटिभ देखिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेका छन्। ‘विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ’, उनले भनेका छन्, ‘उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ।’
नेपालमा लकडाउन हुनुअघि नै आएर बसेका भनिएका उनीहरुको कोशी अञ्चल अस्पतालको ल्याबमा कोरोना परीक्षण गर्दा आठजनामा ‘पोजेटिभ’ देखिएको हो। र्यापिड टेस्ट गरिएका १६ मध्ये १० को शंका लागेर परीक्षण गर्दा ८ मा कोरोना पोजेटिभ देखाएपछि थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइइको प्रदेश १ स्थित सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ। उनीहरुको बिहीबार गरिएको परीक्षणमा आठमा ‘पोजेटिभ’देखिएपछि स्वाब पुन:परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको हो। जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेकाले यसको रिपोर्ट भोलिसम्म आउने बताइएको छ।
उनीहरुको स्वाब बिहीबार राति नै सामाजिक विकास मन्त्रालयले गाडीमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो। टेकुमा पुनः परीक्षणपछि भोलि बिहानसम्ममा उनीहरुको रिपोर्ट सार्वजनिक गरिने बताइएको छ। विराटनगरबाट यी आठसहित अन्य शंकास्पद १० जनाको पनि स्वाब टेकुमा ल्याइएको छ। वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमा समेत अनुगमन गरेर स्वाब संकलन गरिएको थियो।
उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीसहितले अनुगमन गरेपछि उनीहरुको स्वाब लिइएको थियो। मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो। अन्य ४ जना नेपाली रहेका प्रजिअ पहाडीले बताए। लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै स्थानीय बासिन्दाले प्रशासनलाई खबर गरेका थिए। भुल्केको मस्जिदमा रहेका १६ जनाको स्वाब सुरक्षाकर्मीसहित पुगेर स्वास्थ्यकर्मीले लिएका थिए। भुल्के मस्जिदमा रहेका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै त्यहाँ आएका प्रारम्भिक सोधपुछमा खुलेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।
भुल्के मस्जिदमा भरहेका भारतीय सप्तरीको वोदेबर्साइन नगरपालिका-५ जाँजरमा फागुन ३ देखि ५ भएको नेपाल इज्तिमा सहभागी हुन आएको अनुमान गरिएको छ। स्वाब सकलनसँगै तिनीहरुको ‘ट्राभल हिस्ट्री’समेत खोजिने पहाडीले बताए।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...
-
झापामा डेङ्गीको सङ्क्रमणबाट दुईजनाको मृत्यु
काठमाडौं । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको तेस्रो पूर्ण बैठक आइतबार सम्पन्न
काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला कमीटि अध्यक्ष खड्ग बहादुर...
-
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ...