ताजा समाचार

समाजसेवी दुई युवाले तिरिदिए गाँउकै बर्षभरीको विद्युत महसुल

रुकुम(पुर्व) ।  विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण देश संकटमा रहेको बेला दुई समाजसेबी नेपाली युवाले नाैधारीखोला लघुजलविद्युतका उपभोकत्तालाई एक बर्षको विद्युत महसुल एकलाख अठ्त्तिस हजार सहयोग गरेका छन ।

रुकुम (पुर्व) सिस्ने गाँउपालीका वडां न ७ नाथिगाडमा रहेको नाैधारीखोला लघु जलविद्युत आयोजनाका  ११५ घरधुरी उपभोक्ताको एक बर्षको विद्युत महसुल १ लाख अठ्तिस हजार दुई युवाले तिरिदिएका हुन ।

नाथिगाडमा स्थायी घरभई हाल अमेरिका अस्टिन टेक्सासमा बस्दै आएका समाजसेबी युवा प्रेम रावत र मोहोन केसीले २०७७ सालको महसुल तिरिदिएका हुन ।

रावतकी श्रीमती मना रावत र केसी आमा बालकुमारी केसीले नाैधारीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष शशिधर बुढालाई बर्षभरीको महसुल अग्रिम बझाइदिएका हुन ।

समाजसेबी युवा रावतले भनेः यती बेला विश्व कोरोना (कोभिड-१९) को जोखिममा छ । नेपाल पनि यस महामारीले आक्रान्त छ । यो जोखिम परिस्थितिमा जोखिम न्युनिकरण गर्न नेपाल सरकारले लकडाउन घोषणा गरेको छ ।

विपन्न बर्ग र ज्याला मज्दुरी गरेर जिविकोपार्जन गर्ने बर्गका लागी यो हाम्रो  सानो सहयोग गरेका छाै

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org