ताजा समाचार

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भइरहेको हो ।  प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शनिबार अपरान्ह ४ बजेतिर पुगेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

भेटमा कोरोना भाइरसपछिको संकटको अवस्था, लकडाउनका कारण मजदुरमा परेको समस्यालगायतका समसामयिक विषयमा कुराकानी हुने बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org