ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, अलपत्र यात्रुबारे निर्णय लिइने

काठमाडौं ।  मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक केही ढिला गरेर सुरु भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मन्त्रिपषिद् बैठकमा लकडाउन र मजदुरहरुको व्यवस्थापनबारे छलफल हुनेछ।

चैत ११ गतेदेखि जारी लकडाउनका कारण हजारौं मजदुर पैदलै हिँडेर घर जान थालेपछि समस्यामा परेका छन्। शनिबारदेखि उनीहरुको उद्धार थालिए पनि अझै कयौँ मजदुर हिँडेर घर गइरहेका छन्।

कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको अवस्थामा सरकारले लकडाउनको पनि समीक्षा गर्ने भएको छ। सरकारले लकडाउनलाई वैशाख १५ गतेसम्म कायमै राख्ने निर्णय यसअघि नै गरिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org