ताजा समाचार

१९ जना एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडाैँ । गृह मन्त्रालयले १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ।

गृह मन्त्रालयमा सोमबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षता बसेको बैठकले १९ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

सिफारिसमा पर्नेहरूमा वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, बिष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदिप गिरी र दुर्गा सिंह रहेका छन्।

यस्तै रबिन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणी आचार्य, यज्ञ बिनोद पोखरेल, हृदय थापा, राज कुमार बैदवार, मुकेश कुमार सिंह, र चन्द्र कुबेर खापुङ पनि सिफारिसमा परेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org