ताजा समाचार

मध्यरातमा गठित नयाँ दल जनता समाजवादी पार्टी दर्ता गर्न आज निर्वाचन आयोग जाँदै नेताहरू

काठमाडाैँ । मध्यरातमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता गरी गठन गरिएको नयाँ दल जनता समाजवादी पार्टी आज (बिहीबार) निर्वाचन आयोगमा दर्ता गरिने भएको छ।

नयाँ दल दर्ताका लागि अहिले बिहन साढे १० बजे निर्वाचन आयोग पुग्ने कार्यक्रम रहेको नेता केशव झाले जानकारी दिए।

‘मुलुकमा लकडाउन छ, त्यसैले हामी धेरै भिडभाड नहुने गरी दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छौं,’ बिहीबार बिहान नेता झाले  भने, ‘आज हामी एकता गरिएको नयाँ दल दर्ता गर्नेछौं।’

दल दर्ताका लागि समाजवादीका तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशाेक राईलगायत तथा राजपाका तर्फबाट महन्थ ठाुकर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी निर्वाचन आयोग जाने कार्यक्रम रहेको महन्थ ठाकुरका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org