रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत लगिएको हो । लामिछानेको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगी हिनामिना गरेको अभियोगमा कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक २० गते १४ गतेबाट लागू हुने गरी १० दिन म्याद थप गरिएको थियो ।
लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते ६ दिन, दोस्रो पटक ७ दिन म्याद थप भएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, कर्मचारी गीता पछाई र नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई म्याद थपका लागि अदालत लगिएको छ । उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान जारी छ ।
Comments
अरु समाचार
-
दलीय सहमतिका आधारमा संविधान संसोधन हुन्छः सभापती देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय सहमतिका आधारमा संविधान संसोधन हुने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा कुरा गर्दै...
-
आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने
काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ...
-
न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् । सर्वोच्च अदालतमा...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
भूटानी राजा काठमाडौंमा, स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्कने
काठमाडौं । भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा...
-
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । यही मंसिर १७...
-
देशमा पश्चिममा मौसमी प्रभाव बढी, आइतबार र सोमबार वर्षाको सम्भावना
२० मंसिर, काठमाडौं । यो वर्षको हिउँदको पहिलो वर्षा आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षापछि...
-
रवि–छविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी, चितवनको बयानलगत्तै वीरगन्ज लगिने
वीरगन्ज । सहकारी ठगी मुद्दामा पर्सा प्रहरीले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडेसहित १४ लाई पक्राउ अनुमति...
-
रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते
काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको...