बाबुराम-उपेन्द्रको पूर्वआईजीपी र सांसदद्वयविरुद्ध प्रहरीले लिएन जाहेरी, महोत्तरी जानु भनेर फर्काइदियो
काठमाडौं । करिब दुई दर्जन कार्यकर्ता अघिपछि लगाएर पुगेका नवगठित जनता समाजवादी पार्टीका नेताहरुलाई काठमाडौं प्रहरीले फर्काइदिएको छ।
आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गर्नेविरुद्ध उजुरी गर्न भन्दै पुगेका उनीहरुलाई प्रहरीले फर्काइदिएको हो। महानगरीय प्रहरी परिसर टेकु पुगेका नेताहरु राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुरसहितलाई प्रहरीले उजुरी नै नलिइ फर्काइदिएको हो। जनता समाजवादी पार्टीका नेताहरुसहित पुगेका डा. यादवले आफ्नो ‘राजनीतिक अपहरण’ विरुद्ध किटानी जाहेरी दिने तयारी थियो। तर काठमाडौं प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिरको भन्दै उनीहरु सबैलाई फर्काइदिएको हो। नेता डा. भट्टराईका सहयोगी विश्वदीप पाण्डेले परिसरका एसपी र डीएसपीले जाहेरी दिने ठाउँ अन्तै भएको भन्दै फर्काइदिएको बताए।
‘जाहेरी दिने ठाउँ यहाँ होइन, महोत्तरी जाऊ भनिरहेका छन्’, उनले भनेका छन्, ‘जबकि कानुनले नजिकको प्रहरी र यथाशीघ्र समयमा जाहेरी गर्ने भनेको छ।’ जनता समाजवादीका नेताहरु लर्को लागेर टेकु परिसरमा पुग्दा त्यहाँको प्रमुख एसएसपी श्याम ज्ञवाली थिएनन्। ‘अहिले जाहेरी लिन नमानेको अवस्था छ। कानुनभन्दा माथि ओली सरकार?’, पाण्डेले भनेका छन्।
Comments
अरु समाचार
-
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक...
-
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका...
-
पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ । “मित्रराष्ट्र भारतका...
-
काम गर्ने इच्छा भए देशमा प्रशस्त सम्भावना छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने...
-
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री...
-
सांसदको भूमिका दल सापेक्ष नै हुन्छ : नेता भट्टराई
काठमाडौं, संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारूढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ। संघीय संसदका सदस्यहरूले विधेयकहरूमा खुला...
-
जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ: महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ...
-
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत...
-
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल...