ताजा समाचार

बाबुराम-उपेन्द्रको पूर्वआईजीपी र सांसदद्वयविरुद्ध प्रहरीले लिएन जाहेरी, महोत्तरी जानु भनेर फर्काइदियो

काठमाडौं । करिब दुई दर्जन कार्यकर्ता अघिपछि लगाएर पुगेका नवगठित जनता समाजवादी पार्टीका नेताहरुलाई काठमाडौं प्रहरीले फर्काइदिएको छ।

आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गर्नेविरुद्ध उजुरी गर्न भन्दै पुगेका उनीहरुलाई प्रहरीले फर्काइदिएको हो। महानगरीय प्रहरी परिसर टेकु पुगेका नेताहरु राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुरसहितलाई प्रहरीले उजुरी नै नलिइ फर्काइदिएको हो।  जनता समाजवादी पार्टीका नेताहरुसहित पुगेका डा. यादवले आफ्नो ‘राजनीतिक अपहरण’ विरुद्ध किटानी जाहेरी दिने तयारी थियो। तर काठमाडौं प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिरको भन्दै उनीहरु सबैलाई फर्काइदिएको हो।  नेता डा. भट्टराईका सहयोगी विश्‍वदीप पाण्डेले परिसरका एसपी र डीएसपीले जाहेरी दिने ठाउँ अन्तै भएको भन्दै फर्काइदिएको बताए।

‘जाहेरी दिने ठाउँ यहाँ होइन, महोत्तरी जाऊ भनिरहेका छन्’, उनले भनेका छन्, ‘जबकि कानुनले नजिकको प्रहरी र यथाशीघ्र समयमा जाहेरी गर्ने भनेको छ।’ जनता समाजवादीका नेताहरु लर्को लागेर टेकु परिसरमा पुग्दा त्यहाँको प्रमुख एसएसपी श्याम ज्ञवाली थिएनन्। ‘अहिले जाहेरी लिन नमानेको अवस्था छ। कानुनभन्दा माथि ओली सरकार?’, पाण्डेले भनेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org