ताजा समाचार

बहुमतसिद्ध गर्न सुरु गरीएको हस्ताक्षरको कुनै अर्थः रामकुमारी झाँक्री

काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की युवा नेता रामकुमारी झाँक्रिले बहुमतसिद्ध गर्न सुरु भएको हस्ताक्षरको कुनै अर्थ नभएको बताएकी छन्  ।

आरोप पत्यारोपका बीच प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना पक्षका सांसदको हस्ताक्षर संकलन सुरु भएको छन् ।

नेकपाकी युवा नेता तथा सांसद रामकुमारी झाँक्रीले भने अहिले सुरु भएको हस्ताक्षरको कुनै अर्थ नभएको बताएकी छन् । ‘यदि प्रधानमन्त्रीको संसदीय दलमा बहुमत छ भने संसदीय दलको बैठक बोलाएर बहुमत देखाए भैहाल्यो नि किन हस्ताक्षरको नाटक गर्नु’ उनले भनिन् ।

प्रधानमन्त्री ओलीले आफूनिकट संघीय संसदका सांसद र राष्ट्रियसभाका सांसदको हस्ताक्षर गराएका छन्  आज प्रधानमन्त्रीले गराएको हस्ताक्षर अभियानको विधिविपरीत भएकाले कुनै अर्थ नभएको झाँक्रीको जिकिर छ ।

‘यदि पार्टीको नीतिअनुसार सरकार चलेन भने अर्को पक्षले हो हस्ताक्षर गर्ने’ उनले भनिन्, ‘तर, यहाँ त उल्टो भएको छ । सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीले बालुवाटार बोलाएर हस्ताक्षर गराउँदै हुनुहुन्छ । जुन विधि अनुकूल छैन ।’

उनका अनुसार प्रधानमन्त्री चुन्ने संघीय सांसदले हो राष्ट्रिय सभाले होइन । यसकारण जम्मै सांसदको हस्ताक्षर गराएर कुनै अर्थ छैन । ‘प्रधानमन्त्रीले संसद विघटन गर्दा सांसदले हस्ताक्षर गर्ने हो । यो एक चौथाइले गर्नु पर्ने हस्ताक्षर हो’ उनले भनिन्, ‘अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने अवस्था छैन । त्यसकारण अहिलेको हस्ताक्षरको कुनै अर्थ छैन ।’

उनले प्रचण्ड, नेपाल समूहले अहिलेसम्म हस्ताक्षर अभियान संचालन नगरेको बताइन् । ‘यो हल्ला हो । हामी त्यसै बहुमत छौँ । उनीहरूको ६४ जना सांसद छन् । हाम्रोमा ११० जना सांसद छौँ । अनि  किन हस्ताक्षर गर्नु’ उनले भनिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org